Logo
Logo

एमाले विभाजनपछि ओली भेट्न बालकोट पुगे घनश्याम भुसाल


20.1k
Shares

काठमाडाैं । नेकपा एमाले विभाजन भएपछि अध्यक्ष केपी शर्मा ओली भेट्न बालकाेट पुगेका छन् । माधव नेपाल पक्षबाट पार्टी एकता जाेगाउन लागिपरेका भुसाल ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

भुसालले मंगलबार पनि ओलीलाई भेटेर माधव नेपालसहित १४ जनामाथिको कारवाही फिर्ता लिन आग्रह गरेका थिए ।

एमाले विभाजन रोक्न सक्रिय रहेका दोस्रो तहका नेताहरुको तर्फबाट भुसालले ‌‌ओलीसँग १० बुँदे सहमति कार्यन्यवयन गर्दै अझै पनि एमाले विभाजन रोकेर माधव नेपाललाई फर्काउन सुझाव दिने समझदारी बनेको सो समूहका एक सांसदले बताए ।

नवौं महाधिवेशनदेखि माधव नेपाललाई साथ दिँदै आएका नेपाल पक्षका पदाधिकारी र स्थायी कमिटी सदस्यहरुले पार्टी विभाजनमा भने उनलाई साथ दिएनन् ।

प्रतिक्रिया दिनुहोस्