Logo
Logo

सशस्त्र प्रहरीको जनशक्ति थप्न सरकार गम्भीर


945
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले मुलुक र जनताको सुरक्षाको महत्वपूर्ण जिम्मेवारी पाएको सशस्त्र प्रहरीमा जनशक्ति थप गर्दै साधन स्रोत सम्पन्न गराउने सन्दर्भमा सरकार गम्भीर रहेको बताएका छन् ।

काठमाडौँको हलचोकस्थित सशस्त्र प्रहरी बल नेपालको निरीक्षणपछि आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले सीमा सुरक्षा चौकीको सङ्ख्या थप्ने, प्रहरीको क्षमता वृद्धि गर्ने र भइरहेका चौकीको स्तरोन्नति गर्नुपर्ने बताए ।

उनले जनशक्तिकोे वृद्धि, स्रोत साधन र क्षमतावान बनाउन नेपाल सरकार गम्भीर रहेको र सशत्र प्रहरी हरेक क्षेत्रमा काम गर्नका लागि एक्लै छैन भनेर विश्वास दिलाउनुभयो । मन्त्री खाँणले आगामी दिनमा अझै थप जिम्मेवारीका साथ कर्तव्य निर्वाह गर्ने आशा व्यक्त गरे

‘सशस्त्र प्रहरीलाई साधन स्रोतयुक्त बनाउन सरकारले सक्दो पहल गर्ने छ, त्यसका लागि नेपाल मन्त्रालय गम्भीरतापूर्वक लाग्नेमा विश्वस्त गराउँदछु’, मन्त्री खाँणले भने, । उनले अझै पनि कोरोनाको प्रभाव गम्भीर चुनौतीको रूपमा रहेकाले आम नेपालीलाई कसरी जोगाउने भन्ने विषयमा सरकार गम्भीरताका साथ काम गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्