Logo
Logo

नेपालमा नयाँ समाजवादको आवश्यक छ : डा. भट्टराई


567
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले देश समाजवादको नयाँ मोडेल खोज्ने दिशातिर गइरहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा समाजवादी केन्द्रले आयोजना गरेकाे कार्यक्रममा बोल्दै डा. भट्टराईले भने, ‘एमालेभित्र विद्रोह गरेर माधव नेपालजीले समाजवादीको अर्को पार्टी सुरुवात गर्नु भएको छ, यसले के देखाउँछ भने फेरि नयाँ समाजवादको मोडेल खोज्नेतिर देश गइराखेको छ ।’

डा. भट्टराईले समाजवाद अहिलेको आवश्यकता रहेको बताउँदै भने, ‘देशमा नयाँ समाजवादको आवश्यकता छ । त्यो माधव नेपालजीले एमाले समाजवादी सुरु गरेर सुरुवात गर्नु भएको छ ।’ त्यसका लागि युवा पुस्तालाई नयाँ बाटो देखाइदिनुपर्ने उनको भनाइ थियो ।

समाजवादमार्फत नेपालले विश्वलाई नयाँ विचार दिन सक्ने बताउँदै डा. भट्टराईले भने, ‘हामी ७० आसपासकाले धेरै गर्न त नसकौँला । तर, युवा पुस्ता आएको छ, त्यसलाई नयाँ बाटो देखाइदिने आँट गर्ने हो भने नेपालले फेरि एकचोटी विश्वलाई नयाँ विचार र ज्ञान दिन सक्छ ।’

प्रतिक्रिया दिनुहोस्