Logo
Logo

‘माधव नेतृत्वको नयाँ दल दर्ता हुनेबित्तिकै मन्त्रिपरिषदले पूर्णता पाउँछ’


504
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपाल नेतृत्वको नयाँ दल दर्ता हुनेबित्तिकै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् । बिहीबार काठमाडौंमा समाजवादी केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

file Photo

अध्यक्ष प्रचण्डले भने, ‘नयाँ परिस्थिति बनेसँगै प्रधानमन्त्री, माधवजी र मेरो छलफल भएको छ । नयाँ दल दर्ता भएको सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद् टुंग्ग्यादिनुपर्छ भन्ने सहमति भएको छ ।’ बिहीबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न अध्यक्ष प्रचण्ड र नेता माधव नेपाल बालुवाटार गएका थिए । उक्त भेटमा मन्त्रिपरिषद विस्तारबारे छलफल भएर र नेता नेपालको नयाँ दल दर्ता भएलगत्तै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको अध्यक्ष प्रचण्डको भनाइ छ ।

यस्तै, अर्को प्रशंगमा उनले पहिलेको सरकारले ल्याएको अध्यादेश र अहिले ल्याएको अध्यादेशमा आकाश र जमीनको फरक रहेको बताए । ‘अहिले ल्याएको अध्यादेशको उद्देश्य गणतन्त्र र लोकतन्त्रको रक्षा गर्नु छ । त्यसैले यी दुईटा अध्यादेशमा फरक छ ।’

कार्यक्रम जसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले एमालेबाट फुटेर माधव नेपालले नेकपा एमाले (समाजवादी) पार्टी दर्ता गरेर देशमा नयाँ समाजवाद ल्याउने प्रयत्न गरेको बताए । उनले भने, ‘एमालेभित्र विद्रोह गरेर माधव नेपालजीले समाजवादीको अर्को पार्टी सुरुवात गर्नु भएको छ, यसले के देखाउँछ भने फेरि नयाँ समाजवादको मोडेल खोज्नेतिर देश गइराखेको छ ।’

डा. भट्टराईले समाजवाद अहिलेको आवश्यकता रहेको बताउँदै भने, ‘देशमा नयाँ समाजवादको आवश्यकता छ । त्यो माधव नेपालजीले एमाले समाजवादी सुरु गरेर सुरुवात गर्नु भएको छ ।’ त्यसका लागि युवा पुस्तालाई नयाँ बाटो देखाइदिनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्