Logo
Logo

अनशनरत गोर्खा सैनिकको जीवन रक्षा गर्न सर्वोच्चको आदेश


1.1k
Shares

काठमाडाैं । सर्वोच्च अदालतले बेलायतमा अनशनमा बसेका गोर्खा सैनिकको जीवन रक्षाको व्यवस्था मिलाउन सरकारको नामममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश दीपककुमार कार्कीको इजलासले अनशन बसेका व्यक्तिहरुको तत्काल जीवन रक्षाको आवश्यकता रहेको भन्दै जीवन रक्षाको व्यवस्था मिलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र परराष्ट्र मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चले अनसनरत रहेका नेपालीको जीवनरक्षा गर्नु नेपाल सरकारको प्राथमिक दायित्व भएकाले बेलायतस्थित नेपाली दूतावासमार्फत् धनबहादुर गुरुङ, ज्ञानराज राई र पुष्पा राना घलेसमेतको जीवन रक्षार्थ जे-जो गर्नुपर्छ गरी आवश्यक व्यवस्था मिलाउनु भनेर विपक्षी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार र परराष्ट्र मन्त्रालय, सिंहदरबार, काठमाडौंका नाममा आदेश जारी गरेको छ। 

गोर्खा सैनिकहरुले तलबसुविधा पेन्सनसमेतको सम्बन्धमा पटकपटक बेलायत सरकारसमक्ष आफ्नो माग राख्दै समय समयमा विभिन्न आन्दोलन गर्दै आएको आएका थिए। 

प्रतिक्रिया दिनुहोस्