Logo
Logo

सेयर बजारमा करेक्सन, २० अर्बमाथिकाे काराेवार


1.2k
Shares

काठमाडाैं ।  साताको अन्तिम दिन सेयर बजार सूचक नेप्सेमा दोहोरो अंकको करेक्सन आएको छ।

नेप्से परिसूचक आज १८ दशमलव २४ अंकले घट्दै ३ हजार १ सय ८० दशमलव ७८ विन्दुमा रोकिएको छ । आज ३ करोड ९ लाख १२ हजार ६९७ कित्ता सेयर किनबेचमा २० अर्ब ४९ करोड ९२ लाख १० हजार ७६७ रूपैयाँ बराबरको कारोबार भएको छ ।

बिहिबार अरुण काबेली पावर र अरुण भ्याली हाइड्रोपावरको १/१ अर्ब माथिको सेयर कारोबार भएको छ। सर्वाधिक कारोबार गर्ने १० मध्ये ७ वटा जलविद्युत कम्पनी छन्।

अरुण काबेली र अरुण भ्यालीको समान एक अर्ब १६ करोड रुपैयाँको सेयर किनबेच भएको हुँदा नेशनल हाइड्रोपावरको ८३ करोड, रिडी हाइड्रोपावरको ५८ करोड र एचआइडिसीएलको ४८ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

बिहिबार जीवन विकास लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेपनि अन्य कम्पनीहरुको भने सर्किट लेभलमा पुगेर कारोबार भएको छैन।

प्रतिक्रिया दिनुहोस्