Logo
Logo

कारबाही नगरेको भन्दै एमाले सांसदहरु सभामुखको कार्यकक्षमा


2.6k
Shares


काठमाडौं । पार्टीले कारबाही गरेका नेता माधव नेपालसहित १४ जना सांसदलाई पदमुक्त तत्काल पदमुक्त गर्न माग गर्दै एमालेका सांसदहरु सभामुख अग्नि सापकोटा कार्यत्रकक्ष पुगेका छन् । शुक्रबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर उनीहरुले कारबाही प्रक्रिया अघि बढाउन सभामुखलाई दबाव दिएका हुन् ।

पार्टीले कारबाही गरेका सांसदलाई पदमुक्त पदमुक्त गरेको सूचना तत्काल टाँस गर्न माग गर्दै नेकपा एमालेका सांसदहरुले सभामुख अग्नि प्रसाद सापकोटाको च्याम्बर घेराउ गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा एमाले सांसदहरु पुगेर कारबाही प्रक्रिया अघि बढाउन दबाव दिँदै घेराउ गरेका हुन् ।

एमालेका गोकुल बाँस्कोटा, खगराज अधिकारी, लालबाबु पण्डित, शान्ता चौधरी, थममाया थापा, निरु पाल, राजेन्द्र गौतम, कृष्ण पोखरेललगायतका सांसदहरुले सभामुखसँग पार्टीले कारबाही गरेका १४ सांसदलाई चाँडो पदमुक्त गर्न दवाब दिएका छन् । बिहीबार पनि एमालेले सभाुमख सापकोटाको यसबारे ध्यानाकर्षण गराएको थियो ।

एमालेका नेता तथा संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई तथा सचेतक शान्ता चौधरी, महेश बस्नेत लगायतले सभामुख सापकोटालाई भेटेर कारवाहीमा परेका सांसदलाई पदमुक्त गर्न दवाव दिएका थिए । एमाले अध्यक्ष केपी ओलीले समेत बिहीबार सभामुख सापकोटाले १४ जनामाथिको कारवाही अगाडि नबढाएको भन्दै असन्तिुष्टि जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्