Logo
Logo

बलात्कार मुद्दामा एसएसपीलाई सफाइ


574.2k
Shares


काठमाडौं । बलात्कार अभियोगमा जेल परेका सशस्त्र प्रहरी बलका एसएसपी राजेन्द्र अधिकारीलाई अदालतले सफाइ दिएको छ । मुद्दा दायर भएको सात महिनामा नै फैसला गर्दै जिल्ला अदालत कास्कीले उनलाई सफाइ दिएको हो ।

गत चैत २६ गते नै जिल्ला अदालत कास्कीका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलाशले उनलाई सफाई दिएको हो । पीडित भनिएकी युवतीले बयान फेरेपछि उनले सफाइ पाएर छुटेका छन् ।


गत वर्ष असारमा एसएसपी अधिकारीलाई प्रहरीले पक्राउ गरेको थियो । पोखरास्थित सशस्त्र प्रहरीको क्वार्टरमा एक युवतीले बलात्कारको अभियोग उनीमाथि लगाएकी थिइन् । युवतीसँग उनको पुरानै चिनजान थियो । चितवनकी युवती एसएसपीकै आग्रहमा पोखरा पुगेकी थिइन् । क्वार्टरमा पुगेर उनीहरुबीच सम्बन्ध रहेको र पछि युवतीले १० लाख मागेको एसएसपी अधिकारीको दाबी थियो । त्यही विषयमा विवाद भएपछि प्रहरीलाई खबर गरेर आफुलाई पक्राउ गरिएको उनको दाबी छ ।

२५ भदौमा उनीविरुद्ध अदालतमा मुद्दा दायर भएकोमा अदालतले उनलाई पुर्पक्षका लागि जेल चलान गरेको थियो । आफुलाई ब्लाकमेलिङ गरेर फसाइएको भन्दै एसएसपी अधिकारी डिप्रेसनको सिकार भएका थिए ।

प्रतिक्रिया दिनुहोस्