Logo
Logo

‘माधव समूहलाई हँसिया हथौडा अंकित झण्डा प्रयोग गर्न नदिनू’


58.5k
Shares

काठमाडौं । नेकपा एमालेले माधवकुमार समूहलाई आफ्नो पार्टीको नाम, चुानव चिन्ह र हँसिया हथौडा अंकित झण्डा प्रयोग गर्न नदिन माग गर्दै निर्वाचन आयोगमा पत्र बुझाएको छ । एमालेकातर्फबाट अधिवक्ता बाबुराम दाहाल शुक्रबार निर्वाचन आयोगमा उक्त पत्र बुझाएको हो ।

अहिले एमाले, माओवादी, नेमकिपा, जनमोर्चा, माले, विप्लव समूहलगायतका सबै कम्युनिस्ट पार्टीले हँसिया हथौडा अंकित झण्डा नै प्रयोग गर्दै आएका छन् ।

त्यस्तै एमालले बुझाएका पत्रमा १४ सांसदलाई कारबाही गरिसकेकाले उनीहरुलाई २० प्रतिशतमा गणन गर्ने नमिल्ने जिकिर पनि गरिएको छ ।

यसैबीच माधव नेपाल समूहले शुक्रबार पार्टीको नाम परिवर्तन गर्ने निर्णय गर्दै आयोगमा गएर नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निवेदन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्