काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफू नयाँ दर्ता भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)मा आवद्ध गएको बताएका छन् ।
भारतको नयाँदिल्लीस्थित एपोलो हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री झलनाथ खनालले सामाजिक सञ्जाल मार्फत आफू नेकपा एकीकृत समाजवादीमा भएको जानकारी दिएका हुन् ।
बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश प्रमाणिकरण गरेसँगै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल समूहले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।
नेकपा एमाले समाजवादी नाममा दल दर्ता गर्न निवेदन दिएको भएपनि त्यसलाई निर्वाचन आयोगले अस्वीकार गरेपछि शुक्रबार नेपालपक्षले नेकपा एकीकृत समाजवादी नाममा दल दर्ताको निवेदन दिएको छ । दल दर्ता निवेदनमा खनाललाई वरिष्ठ नेता राखिएको छ।