काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छिट्टै राष्ट्रिय भेला आयोजना गरेर पार्टीलाई मजबुत बनाउने बताएका छन् ।
सामाजिक सञ्जालमा अध्यक्ष नेपालले निर्वाचन आयोगबाट पार्टीले वैधानिकता पाए लगत्तै राष्ट्रिय भेला डाकेर पार्टीलाई मजबुत र पूर्ण बनाउने बताएका हुन् । उनले सम्मेलनबाट केन्द्रीय कमिटीलाई पूर्णता दिने समेत बताएका छन् ।
‘हाम्रो दर्ता प्रक्रिया बैधानिक रुपमा पूरा हुनासाथ राष्ट्रिय भेला/सम्मेलन गरी अहिले समावेश गर्न नसकेका अनुभवी एवम् योग्य कमरेडहरुलाई समावेश गरी केन्द्रीय कमिटीलाई पूर्णता दिनेछौँ’ उनले भने।
केपी ओलीका कारण नै नयाँ पार्टी गठन गर्नुपरेको बताउँदै अध्यक्ष नेपालले एमालेमा रहेका सांसद, नेतालाई समेत पार्टीमा आउन आह्वान समेत गरेका छन् ।
विद्रोहको पक्षमा हस्ताक्षर गर्ने,२०७५ जेष्ठ ३ गते पार्टी एकता गर्ने बेला थपिएका, पहिले नै केन्द्रीय कमिटीमा रहिसकेका, संघीय संसदका सांसद, वैधानिक प्रावधान अनुसार पु¥याउनु पर्ने महिलालाई समावेश गरी केन्द्रीय कमिटी प्रस्ताव गरेका नेपालले विज्ञप्तिमा उल्लेख गरेका छन् ।