Logo
Logo

होटेलमा खाजा खाइरहेको भिडियो खिच्ने युट्युबर पक्राउ


2.9k
Shares

झापा । व्यक्तिगत गोपनीयताको ख्याल नगरी भिडियो खिचेको आरोपमा दुई युट्युबर पक्राउ परेका छन् । बिर्तामोडको एक होटेलमा खाजा खाइरहेको बेला भिडियो खिचेको आरोपमा दुई युट्युबर र दुई टिकटकरलाई पक्राउ परेका हुन् ।

प्रकउ पर्नेमा खगेन्द्र घिमिरे, हेमराज भट्टराई, सुवास कार्की र अर्का एकजना रहेका छन् । इलाका प्रहरी कार्यालय, अनारमनीले उनीहरुलाई पक्राउ गरेको हो । केही युट्युबर भने फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरुमाथि होटेलमा खाजा खाइरहेको बेला विनाअनुमति प्रवेश गरी भिडियो खिचेर सार्वजनिक गरी चरित्र हत्या गरेको आरोप लागेको छ । पक्राउ परेकामाथि अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धान हुनेछ ।

भदौ १ गते महिला र एक पुरुष होटलमा बसेर खाजा खाइरहेका थिए । उनीहरूले अनैतिक कार्य नगरेको र होटलमा संगै बसेर खाजा खाइरहेको अवस्थामा युट्युबरहरुले विभिन्न प्रश्न गर्दै भिडियो खिचेर युट्युब र टिकटकमा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्