Logo
Logo

नेकपा (एकीकृत समाजवादी) पार्टीको विराटनगरमा पेसाकर्मीको भेला


15.8k
Shares

विराटनगर । नवगठित नेकपा (एकीकृत समाजवादी)ले पार्टी दर्ता प्रक्रिया अगाडि बढाएलगत्तै आफ्नो गतिविधि तीव्र बनाएको छ । माधव नेपाल नेतृत्वको पार्टीले आफू समर्थित विभिन्न क्षेत्रमा कार्यरत पेशाकर्मीको शनिबार विराटनगर महानगरपालिकाको भेला गरेको छ ।

भेलालाई सम्बोधन गर्दै एकीकृत समाजवादीका केन्द्रीय सदस्य महेश रेग्मीले तत्कालीन पार्टी नेतृत्वले एकताका सबै ढोका बन्द गरेकाले अर्को पार्टी निर्माण गर्नु परेको बताए । उनले नेपालको कम्युनिष्ट पार्टीलाई एकलौटी कब्जा गर्ने, बद्नाम गर्ने एवम् समाप्त पार्ने कोसिस भएपछि आफूहरुले बाध्य भएर विद्रोह गरेको बताए ।

नेकपा (एमाले)को पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी)’ गठन गरिएको उनले बताए । नयाँ पार्टीले विगतका कमिकमजोरीलाई हटाउँदै समाजवादको यात्रामा अघि बढ्ने र जनताको पक्षमा सँधै लागिरहने उनको भनाइ थियो ।

भेलालाई पेशाकर्मीहरुको तर्फबाट हिक्मत बस्नेत, सञ्जु साह, भीम बस्नेत, देवी पन्थी, कोषराज न्यौपाने, डा. उद्धव पोखरेललगायत पार्टीका प्रदेश कमिटी सदस्य मणि दाहाल, लोचन राई, मृत्युञ्जय झा, जिल्ला कमिटीका अध्यक्ष चन्द्रवीर राई, महानगर अध्यक्ष पारुल क्षेत्री, अनेरास्ववियुका सहअध्यक्ष वसिम आलमलगायतले पार्टी पुनर्गठन अभियानको पक्षमा विचार व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्