Logo
Logo

२ हजार ७५ संक्रमित थपिए, ३० जनाको मृत्यु


504
Shares

काठमाडौं । नेपालमा शनिबार दुई हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ हजार ७५ नमुना परीक्षण गर्दा दुई हजार ७५ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआरबाट एक हजार ४२४ र एन्टिजेनबाट ६५१ जनामा संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा ७ हजार ७०३ जनाको आरटी पीसीआर र ५ हजार ३७२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा नेपालमा ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ४८५ पुगेको छ ।

त्यस्तै सोही अवधिमा दुई हजार ३८२ जना संक्रमणमुक्त भएका छ । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९५ हजार ९२५ पुगेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार २३१ रहेको छ।

प्रतिक्रिया दिनुहोस्