Logo
Logo

प्रदेश १ मा छिट्टै नयाँ सरकार बन्छ : इन्द्र आङ्बो


1.6k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश १ संसदीय दलका नेता इन्द्र आङ्बोले प्रदेश सरकार अल्पमतमा परिसकेकाले नयाँ सरकार गठन प्रकृया छिट्टै प्ररम्भ हुने बताएका छन् ।

नेकपा एमाले विभाजनसँगै एमाले नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको भन्दै प्रदेश १ पूर्व आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका नेता आङ्बोले छिट्टै नयाँ सरकार गठन प्रकृया प्रारम्भ हुने बताएका हुन् । दृष्टिन्यूजसँग कुरा गर्नै नेता आङ्बोले भने- ‘प्रदेश सरकार अल्पमतमा परिसकेको छ । माधव समूहले गठन गरेको नयाँ पार्टीले औपचारिकता पाउने वित्तिकै नयाँ सरकार गठन प्रकृया अगाडि बढ्छ ।’

नयाँ पार्टीले औचारिक प्रकृया पूरा गरेसँगै सांसदहरुले आफ्नो दल रोजिसकेपछि वैकल्पिक सरकार निर्माण हुने र त्यसपछि सरकार बन्ने उनको भनाइ रहेको छ । प्रदेश सरकार अब कसले नेतृत्व गर्ने ? भन्ने प्रश्नमा नेता आङ्बोले भने- ‘स्वभाविक रुपमा हाम्रो पनि दावी रहन्छ । उत्तिकै मात्रामा काँग्रेसको दावी हुन्छ । नयाँ बन्ने दल नेकपा एकीकृत समाजवादी पार्टीको पनि दावी रहन्छ । तर, मुख्यकुरा केन्द्रमा पार्टीले जे निर्णय गर्छ त्यो नै आधिकारिक हुनेछ ।’

एमाले विभाजनसँगै प्रदेश १ मा नयाँ सरकार गठनको कसरत सुरु भएको छ । एमाले पनि सरकार जोगाउन लागिपरेको छ भने विपक्षी गठबन्धन जसरी पनि वैकल्पिक सरकार बनेको कसरतमा जुटेको छ ।

प्रतिक्रिया दिनुहोस्