धनगढी । केन्द्रमा माधव नेपाल समूह छुट्टिएर हिडेपछि नेकपा एमालेले सुरु गरेको स्थानीय तथा जिल्ला कमिटीहरुको पुर्नगठन अभियान विवादित बनेको छ ।
कमिटीहरुलाई पूर्णता दिने नाममा एमाले कैलालीले बाटोमा हिडिरहेका मान्छेलाई समात्दै जिल्ला सदस्य बनाएको आरोप खेप्नु परेको छ ।
गत बुधबार बसेको जिल्ला कमिटीको बैठकमा कमिटीलाई पूर्णता दिनेक्रममा कोरम नै पुगेन। कोरम नपुगेपछि पार्टीका सामान्य कार्यकर्तालाई घर–घरबाट बोलाएर जिल्ला कमिटीमा राखेको नयाँ मनोनित एक जिल्ला सदस्यले बताए ।
उनले भने, ‘सुरुमा केही नेताहरुले आफू निकटकालाई जिल्ला कमिटीमा राखे । त्यतिले पनि कमिटी पूर्ण नहुने भएपछि हामीलाई पनि बोलाएर कमिटीमा राखे ।’ घर–घरदेखि बोलाएर कमिटीमा राख्दा पनि पूर्णता नपाएपछि झोलामा माइन्युट हालेर जिल्ला सचिव दान बहादुर विश्वकर्मा जिल्लाव्यापी यात्रामा निस्किएको एक सदस्यले बताए ।
एमाले उपाध्यक्ष भीम रावल हाल मौन बसेकाले कैलाली जिल्लामा ठूलो संख्यामा नेता कार्यकर्ताहरु ओलीतिर लाग्ने कि माधवतिर लाग्ने भनेर अन्यौलमा छ्न् । कैलाली एमालेका कमिटीहरुमा ७५ प्रतिशत भीम रावलको पक्षमा रहेको बताइएको छ । नेता रावल मौन बसेको बेली ओली पक्षले हतारमा कमिटी पुर्नगठन गर्न थालेपछि विवादित बनेको हो ।
जिल्ला कमिटीले पूर्णता नपाएपछि माओवादीले एकलैटी कब्जा गर्न खोजेको एमालेले आरोप लगाउन थालेको छ । लेखराज भट्ट एमालेमा प्रवेश गर्दा कसै कार्यकर्ता नआएपछि उनले आफ्ना नाागोता सबै सदस्यलाई महत्वपूर्ण जिम्मेवारी दिएको पनि आरोप लागेको छ ।
प्रदेश इन्चार्ज लेखराज भट्ट, सहइन्चार्ज नारदमुनि राना अध्यक्ष कर्ण थापादेखि जिल्ला अध्यक्ष रतन थापासम्मलाई बहुपत्नीको प्रश्नको सामना गर्नु परिरहेको छ । उनीहरु भन्दा तलका नेता–कार्यकर्ता पनि बदनाम हुँदै आएको छ ।
भट्टले त २०७२ सालमा ५७ वर्षको उमेरमा ताप्लेजुङकी ३० वर्षीय युवती विष्णु आचार्यसँग गोप्य रुपमा दोस्रो विवाह गरेका थिए । उक्त विहापछि भट्टको चर्को आलोचना भएको थियो । भट्टमाथि राज्य शक्तिको दुरुपयोग गरेर अकुत सम्पती कमाएको आरोप लाग्ने गरेको छ ।
त्यसैगरी प्रदेश सहइन्चार्ज नारदमुनी राना पनि बहुविवाहमा मुछिएका नेता हुन् । कान्छिलाई आफूसँगै डुलाउने र जेठीलाई चुलाचौकामा थन्काएको भन्दै रानाको आलोचना हुने गरेको छ । २० लाख रुपैयाँमा रातो पासपोर्ट बेचेको विषयमा रानामाथि सर्वोच्च अदालतमा विचाराधिन मुद्दा छ ।
थापा कि जेठी स्वास्नी बाजुरामा घाँस दाउरा गरेर दिन बिताइरहेकी छन् भने यता कमला ओली काका केपीको कृपाले आधा करोडको गाडी र लाख बढी तलब सुविधासहित सूचना आयोगमा माननीय सदस्यको रुपमा नियुक्ति खाइरहेकी छन् ।
यस्तै जिल्ला अध्यक्ष रतन थापा पनि दुई स्वास्नी स्याहार्ने नेता तथा प्रदेश सांसद हुन् । कान्छी स्वास्नी टीका लम्कि चुहा नगरपालीकाको उप मेयर छन् ।
मदिराको तालमा रहेको अवस्थामा गत वर्ष एक महिलासँगको कैलालीका अध्यक्ष दिर्घ सोडारीको अडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । उक्त प्रकरणमा ओलीले उनलाई निलम्बन गरेका थिए । सोडारीको निलम्बनपछि रतन थापा अध्यक्ष भए ।
केही समयपछि थापाको पनि महिलासंगको आपत्तिजनक संवाद अडियोका रुपमा भाइरल भयो । तर, थापालाई कुनै कार्वाही भएन । एउटै प्रकृतीका मुद्दामा सोडारीलाई पेलेको र थापालाई जोगाएको भन्दै रावल पक्षले तीव्र आलोचना गरेको थियो ।
सोडारी रावल पक्षधर हुन् ।
यसरी पार्टी टुक्राटुक्रा भएका बेला सुदूरपश्चिममा हतारले बदनाम भएका नेताहरुबाट केपी ओली नेतृत्वको एमालेको संगठन निर्माण कतिको प्रभावकारी होला ? र, आगामी निर्वाचनमा जनताले कसरी पत्याउलान भनेर सुदूरपश्चिमका इमान्दार र स्वच्छ छवि भएका कार्यकर्ताहरु चिन्तित देखिएका छ्न् ।