काठमाडाैं । राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले ओमानमा घरेलु टिम र अमेरिकासँग खेल्ने निकै कठिन हुने बताएका छन् ।
टियु क्रिकेट मैदानमा आइतबार संचारकर्मीहरुसँग कुरा गर्दै कप्तान मल्लले बलियो र अनुभवी टिमविरुद्ध नतिजा निकाल्न कठिन रहेको बताएका हुन् ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले यसै महिना ओमान र अमेरिकासँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्दैछ । सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म आयोजना हुनेछ ।
कप्तान मल्लले ओमानको मौषमले समेत खेलमा निर्भर रहने बताए ।