काठमाडौं । नेकपा एमालेको तेस्रो धारका नेताहरू केपी ओलीलाई भेट्न बालकोट पुगेका छन् ।
नेता भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेलगायतका नेताहरू बालकोट पुगेका हुन् ।
माधव नेपालको पक्षमा रहे पनि नेकपा (एकीकृत समाजवादी) पार्टी निर्माणमा उनलाई साथ दिइनसकेका नेताहरू ओलीसँगको छलफलका लागि बालकोट पुगेका हुन् । उनीहरूले १० बुँदे कार्यान्वयनका लागि मंगलबारसम्मको समय दिएका छन् ।
१४ सांसदलाई एमालेले गरेको कारबाही फिर्ता लिन पनि उनीहरुले माग गरेका छन् । त्यस्तै नयाँ पार्टी गठनको प्रक्रियाबाट पछि हट्न माधव नेपालसँग उनीहरूको माग छ ।