काठमाडाैं । अफगानिस्तानबाट थप १४९ जना नेपालीको उद्दार गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार आइतबार राति दुबईको उडानबाट ३९ जना, सोमबार टर्किस एयरबाट ७ जना र कतार एयरको उडानबाट १०४ जना गरी थप १४९ जनालाई उद्धार गरी स्वदेश फर्काइएको हाे ।
परराष्ट्र मन्त्रालयले हालसम्म ६ सय ५४ जना नेपालीलाई अफगानिस्तानबाट उद्धार गरेर स्वेदश फर्काइएको जनाएको छ । अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि त्यहाँ रहेका विदेशी नागरिकहरुले अफगानिस्तान छाडेका छन् ।
नेपाल सरकारले अफगानिस्तानाबाट उद्धार गरिएकाहरुलाई सीसीएमसीको समन्वयमा सामुखुशीस्थित होल्डिङ सेन्टरमा राखिएको छ । सरकारले सम्पर्कमा आएका मध्ये २ जना नेपालीसँग राहदानी नरहेकोसमेत जनाएको छ ।
उद्दार गर्न बाँकी नागरिककाे अवस्था, मित्र राष्ट्रहरूसँको समन्वय गरेर अघि बढ्ने मन्त्रालयले जनाएकाे छ ।