Logo
Logo

पार्टीलाई प्राइभेट कम्पनी बनाइएपछि बिद्रोह रोजियो : नेपाल


2k
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका संयोजक माधवकुमार नेपालले घर न घाटको बनाउने षड्यन्त्र गरिएपछि नयाँ पार्टी गठन गर्नु परेको बताएका छन् ।

मंगलबार पत्रकारहरुसँग कुरा गर्नै संयोजक नेपालले केपी शर्मा ओलीले नेकपा एमालेलाई प्राइभेट कम्पनी बनाएर पार्टीमा फरक मत राख्नेहरुलाई घर न घाटको बनाउने कोसिस गरेपछि विद्रोह गर्दै नयाँ पार्टी गठनको चरणमा पुगेको प्रष्टिकरण दिएका हुन् । ओलीलाई सच्याउन गलत प्रवृत्तिविरुद्ध विचार, मूल्य र मान्यताको लडाइँ लडे पनि ओलीको नेतृत्वमा एमालेमा कुनै सुधारको लक्षण नदेखिएकाले बिद्रोहको चरणमा पुगेको उनको भनाइ रहेको छ ।

इतिहासमा पनि यस प्रकारको विद्रोह बारम्बार देखिएको उदाहरण दिँदै संयोगक नेपालले भने– ‘दोस्रो महाधिवेशनमा केशरजङ्ग हुँदा हुँदै रुपान्तरण सम्भव थिएन र पुष्पलालले विद्रोह गर्नुभयो, यस्तो विद्रोह अनेक पटक भएका छन् । हामीले गरेको विद्रोह त्यसैको निरन्तरता हो ।’

आगामी दिनमा एमालेसँग एकता सम्भव छ ? भन्ने पत्रकारको प्रश्नमा संयोजक नेपालले भने– ‘यो क्रम चलिरहन्छ । केपी ओलीको समूहमा पनि विचार र धारणा परिवर्तन भएछ भने ढोका खुला हुन्छ भन्दै जवाफ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्