काठमाडौं । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आगामी मंसिर दोस्रो साता हुने भएको छ ।
आज (मंगलबार) ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा बसेको बैठकले दशौं राष्ट्रि महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते गर्ने निर्णय गरेको हो । प्रवक्ता प्रदीप ज्ञवाली अनुसार त्यसअघि असोज ४, ५ र ६ गते विधान अधिवेशन गरिने छ ।
त्यस्तै बैठकले भदौ १६ देखि २० गतेसम्म जिल्ला र जनसंगठनहरुको भेला गर्ने पनि एमालेले निर्णय गरेको छ । त्यसअघि १० भदौमा केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।
बैठकले पार्टी विवाद मिलाउन गठन भएको कार्यदलमा भएको १० बुँदे सहमति कार्यान्वयन गर्ने र पार्टी संरचना २०७५ साल २ जेठ गते अगाडि फर्कने निर्णय पनि गरेको छ ।