Logo
Logo

मुख्यमन्त्री शाक्य र आचार्यलाई तत्काल समर्थन गर्न सकिँदैन : माधव नेपाल


7.5k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वागमती र प्रदेश १ का मुख्यमन्त्रीलाई समर्थन गर्न नसकिने बताएका छन् । पार्टी दर्ता भएको भोलिपल्ट सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले मुख्यमन्त्रीद्वय पार्टीमा आएमात्रै सहकार्य गर्न सकिने बताएका हुन् ।

अध्यक्ष नेपालले भने, ‘यो पार्टीमा रहेमा ठीक छ । विरोधी पार्टीमा रहेसम्म सहकार्य सम्भव छैन । शत्रुतापूर्ण ढंगले चल्नेसँग एकता र सहकार्य सम्भव छैन । सहकार्यको बाटोमा आउँछन् भने हामी सहकार्य गर्न प्रतिबद्ध छौं,’ ।

एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादीमा आएमा आफूहरूले सहकार्य गरेर जाने र एकताका लागि सधैं पार्टीको ढोका खुला राख्ने अध्यक्ष नेपालको भनाइ थियो ।

नयाँ पार्टीमा रहेका नेता र कार्यकर्तालाई व्यवस्था गर्नुपर्ने भएको र उनीहरूको विभिन्न निकायमा सहभागिता सुनिश्चित गर्नुपर्ने भएकाले पनि शाक्य र आचार्यको सरकारलाई अहिलेको अवस्थामा समर्थन गर्न नसकिने नेपालको भनाइ थियो ।

एमालेभित्रको विवादमा लामो समयदेखि नेपालको पक्षमा रहेका शाक्य र आचार्य हाल ओलीको पक्षमा देखिएका छन् । शाक्यले केही दिन पहिले वागमती प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी पाएकी थिइन् भने आचार्यले बिहीबार शपथ लिएका थिए ।

यी दुवै प्रदेशमा एमालेको एकल सरकार छ । तर, एमालेबाट केही प्रदेशसभा सदस्यहरू मात्रै एकीकृत समाजवादीतिर लाग्दा दुवै प्रदेशका सरकार अल्पमतमा पर्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्