Logo
Logo

जयसिंह धामीको परिवारलाई सरकारले १० लाख दिने


1k
Shares

काठमाडाैं । दार्चुलामा तुइन तर्दा भारतीय सुरक्षाकर्मीले तार काटिदिएपछि महाकालीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई सरकारले १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दार्चुला, ब्यास गाउँपालिकाका धामीको परिवारलाई दश लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हाे ।

१५ साउनमा महाकाली नदीमा बेपत्ता भएका धामी हालसम्म फेला परेका छैनन् । उनको खोजीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ । यस्तै, घटनाको निष्पष्क्ष छाननिवन गर्न भन्दै गठन गरिएकाके टोलीको प्रतिवेदन अझै सार्वजनिक हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्