Logo
Logo
कांग्रेस १४ औं महाधिवेशन

पौडेल पक्षका शीर्ष नेताहरू छलफलमा


378
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । शुक्रबार बिहान ठमेलस्थित चाक्सीबारीमा नेताहरू छलफलमा जुटेका हुन् ।

उनीहरूबीच पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा १४ औं महाधिवेशन केन्द्रित छलफल भएको हो ।

वडा अधिवेशन आउन एक साता मात्रै बाँकी रहे पनि अझै पनि क्रियाशील सदस्यको नामावली नटुंगिएको र क्रियाशीलको सूची सार्वजनिक गर्न आलटाल गरिएकोमा पौडेल पक्षले असन्तुष्टि जनाइरहेको छ ।

छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वसहमहामन्त्रीहरू रामशरण महत र अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, शेखर कोइरालालगायत नेता छन् ।

जिल्ला सभापतिहरूले क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न माग गर्दै बुधबारदेखि रिले अनसनलाई जारी राखेका छन् । भदौ १८ मा वडा अधिवेशन गर्ने भने पनि सभापति शेरबहादुर देउवाले अझै क्रियाशील सदस्यको विवरण पार्टीको केन्द्रीय निर्वाचन समितिलाई बुझाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्