Logo
Logo

कर्णलाई अर्थ मन्त्रालयको राजश्व सचिवको जिम्मेवारी


5.4k
Shares


काठमाडौं । निजामती प्रशासनका एक विवादास्पद पात्र कृष्णहरी पुष्कर कर्णलाई कांग्रेस सरकारले पुरस्कृत गरेको छ । पुष्करलाई अर्थ मन्त्रालयको राजश्व सचिवको जिम्मेवारी दिइएको छ ।


बिहीबारको मन्त्रिपरिषद्को बैठकले उनलाई अर्थ मन्त्रालयमा सरुवा गरेको हो । उनी गत महिना मात्र बढुवा भएका थिए ।
लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त भएका बेला पुष्कर उनका प्रवक्ता थिए । त्यतीबेला उनले डा केसीको मानसिक अवस्था ठिक नभएको भन्दै बिज्ञप्ती निकालेका थिए । उनै पुष्कर अहिले कांग्रेस सरकारमा आएपछि पुरस्कृत भएका हुन् ।

त्यस्तै सचिव गणेश पाण्डेलाई भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण र भरतमणि सुवेदीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्