काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आइतबार संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ ।
नेकपा एमालेबाट अलग भएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले दलको वैधानिकता पाएसँगै दलको नेता नयन गर्ने तयारी गरेके हो । त्यसको लागि आइतबार संसदीय दलको बैठक बोलाइएको छ ।
संसदीय दलको बैठकले दलको नेता चयन गर्ने छ । त्यसपछि संसदीय दलको नेताले उपनेता, प्रमुख सचेतक र सचेतक चयन गर्नेछ ।
बुधबार निर्वाचन आयोगले एकीकृत समाजवादी पार्टीलाई दर्ता गर्दै नयाँ दलको मान्यता दिएको थियो । एकीकृत समाजवादीमा प्रतिनिधिसभामा २३ र राष्ट्रियसभामा सात सांसद छन् ।