काठमाडाैं । नेपाली कांग्रेसले थप १० जिल्लाका क्रियाशील सदस्यता सार्वजनिक भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले क्रियाशील सदस्यता छानबिन समितिले काम सम्पन्न गरेका थप १० जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरेका हुन् ।
विहीबार ३८ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरिएको थियो भने शुक्रबार थप १० जिल्लाको सार्वजनिक गरिएको हो ।
शुक्रवार धनकुटा, भोजपुर, गुल्मी, प्यूठान, दाङ, सल्यान, कालिकोट, जाजरकोट, दैलेख, अछामका कांग्रेस क्रियाशील सदस्यता सार्वजनिक गरिएकाे संयाेजक यादवले जानकारी दिए ।