Logo
Logo

माधव नेपाललाई धोका नदिएको सुरेन्द्र पाण्डेको प्रष्टीकरण


13.4k
Shares

काठमाडौं । नेकपा एमाले नेता सुरेन्द्र पाण्डेले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई धोका नदिएको प्रष्टीकरण दिएका छन् ।

शुक्रबार चितवनको सौराहमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पाण्डेले पार्टीमा नोक्सान पुगे पनि मूल घरनै भत्काएर हिँडेकाले नेपाललाई समर्थन जनाउन नसकेको बताएका हुन् ।

आफूहरूको साथ समर्थन संविधान नभत्कियोस् भन्ने रहेको भएपनि नेपाल लगायतका नेताहरू पार्टी फुटाउन लागेपछि साथ छोडेको उनले बताए ।

कुनै न कुनै विन्दुमा गएर नेता नेपालको नयाँ पार्टीसँग एकता हुने दावी गर्दै नेता नेपालले हाल १० बुँदे कार्यान्वयन गर्दैएमालेलाई थप बलियो बनाउने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्