Logo
Logo

सेनिटाइजर पिउँदा कैलालीमा एक जनाको मृत्यु


1.3k
Shares

धनगढी । सेनिटाइजर पिएका एक जनाको कैलालीमा मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका-१२ का टीकाराम बराइलीको उपचारका क्रममा शुुक्रबार मृत्युु भएको हो । प्रहरीका अनुसार उनले भदौ ९ गते सेनिटाइजर पिएका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुुसार सेनिटाइजर पिएका बराइली स्वास्थ्यमा समस्या देखिएपछि शुुक्रबार जुुगेडामै स्थानीय मेडिकलमा पुगेका थिए ।

त्यहाँ उनलाई स्लाइन चढाइएको थियो । समान्य उपचारपछि घर फर्किएका उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि त्यसै दिन राति धनगढीकै निसर्ग अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ । तर उनले सेनिटाइजर किन पिए भन्ने कुरा नखुुलेको प्रहरीको भनाई छ ।द

प्रतिक्रिया दिनुहोस्