Logo
Logo

केपी ओली कम्युनिष्टको नाममा कलंक : अध्यक्ष नेपाल


1.6k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली कम्युनिष्टको नाममा कलंक भएको टिप्पणी गरेका छन् ।

एकीकृत समाजवादी पार्टीको आइतबार बसेको पहिलो संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफू प्रधानमन्त्री नहुने हो भने कुर्सी नै भाँचिदिने प्रवृति ओलीमा रहेको बताए ।

‘कम्युनिष्ट पार्टीलाई जनताले मन पराए, निर्वाचनमा मतदान पनि गरेर झण्डै दुई तिहाई बहुमतसहित बिजयी गराए । तर, केपी ओलीकै कारण एमाले पार्टी मृत अवस्थामा पुग्यो’ नेपालले भने, ‘आफू प्रधानमन्त्री नहुने हो भने कुर्सी नै भाँचिदिने केपी ओलीको प्रवृति रहेको छ ।’

केपी ओलीका कारण कम्युनिष्ट आन्दोलन नै बदनाम र सकिने देखेपछि आफूले नयाँ दल गठन गर्न बाध्य भएको उनको भनाई रहेको छ । बैठकमा सहभागि एक सांसदका अनुसार कम्युनिष्ट आन्दोलनको संरक्षणका गर्दै अगाडी बढनुको बिकल्प नरहेको निष्कर्ष आफूहरुको रहेको छ ।

अध्यक्ष नेपालले आफूहरुले निरन्तर केपी ओलीको व्यक्तिवादी चरित्रविरुद्ध निरन्तर संघर्ष गर्नुपरेको बताए । ओलीसँगको व्यक्तिवादी चरित्रविरुद्धको निरन्तर संघर्षपश्चात नयाँ पार्टी खोल्नुपर्ने अवस्था आएको उनले बताए । पार्टीदेखि संसदसम्म आफ्नो व्यक्तिवादी चरित्र लाद्ने ओलीले संसद विघटन गरेर पार्टी एकतालाई भाँडेको अध्यक्ष नेपालले आरोप लगाए ।

ओलीले गोप्य सहमति पालना नगर्दा पनि अहिलेको राजनीतिक अवस्था सृजना भएको आरोप नेपालले लगाएका छन् । उनले साविक नेकपाका बेला नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको आलोपालो सरकार र पार्टीको नेतृत्व गर्ने सहमतिलाई ओली लत्याउँदा राजनीतिक अस्थिरता सुरु भएको बताए ।

दक्षिणपन्थीको इसारामा गुटको राजनीति गरेर ओलीले कम्युनिष्ट एकतालाई मात्रै होइन एमालेलाई समेत जोगाउन नसकेको नेपालको आरोप छ । प्रधानमन्त्रीको कुर्सीमा बसेर गर्न नहुने र बोल्न नहुने अभिव्यक्ति दिएर ओलीले मुलुकमा राजनीतिक अस्थिरता निम्त्याएको आरोप लगाएका उनले चुनावी घोषणा पत्रविपरीत ओली अघि बढेको आरोप लगाए ।

प्रधानमन्त्रीको कुर्सी असुरक्षित भएपछि ओलीले प्रतिनिधिसभा विघटन गरेको बताउँदै अध्यक्ष नेपालले सरकार र पार्टीमा आफ्नो विकल्प नरहेको भन्ने अहम् ओलीले पालेको बताए ।

प्रतिक्रिया दिनुहोस्