Logo
Logo

मन्त्री छान्ने जिम्मा अध्यक्ष माधव नेपाललाई


1k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठकले मन्त्री छान्ने जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई दिने निर्णय गरेको छ ।

बानेश्वरमा आइतबार एकीकृत समाजवादी संसदीय दलको बसेको बैठकले दलको नेतामा नेपाललाई चयन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागि हुने अपौचारिक निर्णय पार्टीको स्थायी कमिटी बैठकले गरिसकेको छ ।

‘आजको बैठकले प्रतिनिधिसभामा दलका नेता अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय सभाको दलको नेता डा. बेदुराम भुसाललाई चयन गरेको छ’ बैठकमा सहभागि सांसद विरोध खतिवडाले भने, ‘देउवा सरकारमा जाने मन्त्री छान्ने जिम्मा अध्यक्ष माधव कमरेडलाई नै दिइएको छ ।’

दलको बैठक बस्नु अघि प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अध्यक्ष नेपालबीच छलफल भएको थियो । मन्त्रालय बाँडफाँटबारेमा छलफल गर्दै छिटै नै मन्त्रीपरिषद बिस्तार गर्ने सहमती नेताहरुका बीचमा भएको छ ।

स्रोतका अनुसार पाँच दलिय गठबन्धनभित्र काँग्रेसले ७, एकीकृत समाजवादी, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)ले ६/६ मन्त्रालय लिने सहमती गरेका छन् । यधपी कसले कुन मन्त्रालय लिने भन्ने बारेमा अझै टुंगो लागेको छैन् ।

प्रतिक्रिया दिनुहोस्