Logo
Logo

एमाले र जसपाका जनप्रतिनिधिले भदाै २२ गतेसम्म दल रोज्न पाउने


2.3k
Shares

काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित जनप्रतिनिधिहरुले भदौ २२ गतेसम्म दल रोज्न पाउने भएका छन् । निर्वाचन आयोगले प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई भदै १५ गतेदेखि २२ गतेसम्म समय तोकेको हो ।

एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जसपा विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्र्टी (लोसपा) गठन भएका छन् । आयोगले नयाँ दल दर्ता गरी दुवैलाई प्रमाणपत्र समेत दिइसकेको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिले सम्बन्धित प्रदेश तथा जिल्लास्थित निर्वाचन कार्यालयमा गएर आफूले दल रोजेकोबारे जानकारी गराउन सक्ने छन् ।

प्रदेशसभा सदस्यहरुले प्रदेश निर्वाचन कार्यालय र स्थानीय जनप्रतिनिधिहरुले जिल्ला निर्वाचन कार्यालयमा गएर सनाखत गर्नुपर्छ । यसका लागि सक्कल नागरिकता वा मतदाता परिचय प्रमाणपत्र, निर्वाचित भएको वा प्रदेशसभा÷स्थानीय तहबाट जारी भएको परिचयपत्र वा प्रमाणपत्र लैजानुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्