Logo
Logo

जिप दुर्घटनामा चालकको मृत्यु, ११ जना घाइते


567
Shares

कालीकोट । कर्णाली करिडोरमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । आइतबार बिहान खुलालु लैफू सडकखण्ड अन्तर्गत कालीकोटको सान्नीत्रिवेणी–२ रकु आमतडामा क १ ज २३ न को जीप दुर्घटना भएको हो ।

दुर्घटनामा सान्नी त्रिवेणी गाउँपालिका-२ रकु सेरिजीउला घर भएका २२ वर्षीय चालक विक्रम गिरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार अनुसार उकालोमा आमतडाको ढुंगाको चट्टान भएको उकालोमा जीप चढ्न नसकेर पछाडी गुडेर कर्णाली नदीको किनारामा खसेको हो ।

करिडोरको भौरेकुनामा पनि पहिरो खसेकोले घाइतेलाई अस्पताल ल्याउन नसकिएको प्रजिअ कृष्णप्रसाद आचार्यले बताए । उनले हेलिकप्टरको लागि कुरा भए पनि प्रतिकूल मौसमले हेलिकप्टर आउनसक्ने अवस्था नरहेपछि जिल्ला सदरमुकाम मान्मबाट प्रहरी निरिक्षक भूपेन्द्र शाहीको नेतृत्वमा प्रहरीलाई घटनास्थल पठाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्