Logo
Logo

कांग्रेस जिल्ला सभापतिहरूको अनसन स्थगित


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरूको अनसन स्थगित भएको छ ।

पार्टी क्रियाशील सदस्यता विवाद समाधान भएपछि सभापतिहरूले अनसन स्थगित गरेका हुन् ।

सदस्यतासम्बन्धी आशंकालाई लिएर चार दिनदेखि रिले अनशनमा रहेका संस्थापनबाहेकका जिल्ला सभापतिहरूले स्थानीय तहका अधिवेशन भदौ १८ देखि हुने निश्चित भएसँगै अनसन स्थगित गरेको बताएका छन् ।

पार्टीको क्रियाशील सदस्यता सार्वजनिक हुनुपर्ने र जिल्ला सभापतिको उम्मेदवारका लागि एउटै मापदण्ड लागू गर्नुपर्ने माग राखेर जिल्ला सभापतिहरू अनशनमा बसेका थिए ।

विधानले साढे पाँच बर्षभित्र पार्टीको केन्द्रीय पदाधिकारी र सदस्यहरूको निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ । कोरोना महामारी र क्रियाशील सदस्यता विवादले साढे पाँच वर्षभित्रै केन्द्रीय पदाधिकारीको चयन गर्न नसकेपछि समयसीमाभित्र प्रक्रिया भने सुरु हुने निश्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस्