काठमाडाैं । नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि ५३ जिल्लामा निर्वाचन अधिकृत खटाएको छ ।
भदौ १८ गतेका लागि वडा तहको अधिवेशन तोकेको कांग्रेसले ५३ जिल्लामा निर्वाचन अधिकृत खटाएको हो ।
कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ ।