Logo
Logo

सुदूरपश्चिममा १० सांसदले गराए नेकपा समाजवादीको पक्षमा सनाखत


378
Shares

धनगढी । नेकपा एमालेका १० सुदूरपश्चिम प्रदेशसभा सदस्यले नेकपा (एकीकृत समाजवादी ) पार्टीमा सामेल हुनका लागि सनाखत गरेका छन् ।

सुदूरपश्चिम प्रदेशसभाका २५ एमाले सांसदमध्ये १० जनाले मंगलबार माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा सामेल हुन सनाखत गरेका हुन् । तीन जनाको भने कागजपत्र नपुगेकाले सनाखत हुन सकेन ।

भौतिक पूर्वाधार विकास मन्त्री दीर्घराज सोडारी, सांसदद्वय अर्चना गहतराज र तारा लामा तामाङले दस्तावेज नपुगेका कारण सनाखत गराउन नपाएका हुन् । उनीहरुले बुधबार सनाखत गराउने जनाइएको छ ।

सनाखत गराउने १० सांसदमा पूर्णा जोशी, लालबहादुर खड्का, बलबहादुर सोडारी, अमरबहादुर साउद, चुनकुमारी चौधरी, मना साउद, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट छन् ।

एकीकृत समाजवादीकी केन्द्रीय सदस्य एवं सांसद पूर्णा जोशीले सांसदको संख्या १४ भन्दा बढी हुने बताइन् ।

प्रतिक्रिया दिनुहोस्