Logo
Logo

कश्मीरका चर्चित नेता गिलानीको निधन


567
Shares

काठमाडौं । कश्मीरका चर्चित नेता सैयद अली शाह गिलानीको निधन भएको छ । उनको बुधबार राति निधन भएको हो । ९१ वर्षीय गिलानी अल पार्टी हुर्रियत कन्फरेन्सका अध्यक्ष थिए ।

गिलानीको निधन भएको पीडीपीका नेता महबुबा मुफ्तीले सामाजिक सञ्जालमा जानकारी दिएका छन् ।

गिलानीको निधनसँगै कश्मीरमा केही प्रतिबन्धहरु थपिएको कश्मीरका आईजीपी विजय कुमारले जानकारी दिएको भारतीय सञ्चार माध्यमहरुले खबर लेखेका छन् । अहिले कश्मीरमा इन्टरनेट सेवा पनि बन्द गरिएको छ ।

मुफ्तीले लेखेका छन्, ‘गिलानी साहेबको निधनको खबरले दुःखी छु । हामीबीच धेरै मुद्दामा सहमति थिएन तर तीव्र निर्णय गर्न सक्ने र आफ्नो विश्वासमा टिकिरहन सक्ने क्षमताका लागि उनलाई सम्मान गर्दछु । अल्लाहले उनलाई स्वर्गमा ठाउँ दिउन् । उनको परिवारजनमा समवेदना प्रकट गर्दछु ।’

गिलानी कश्मिरमा सक्रिय पृथकतावादी नेता हुन् । २९ सेप्टेम्बर १९२९ मा जन्मिएका उनी हुर्रियत कन्फरेन्सका उदारवादी नेता मानिन्छन् । उनी कश्मीरको सोपोर विधानसभामा तीनपटक विधायकको भूमिकामा निर्वाचित भएका थिए ।

उनी कश्मीरलाई भारतको भाग मान्दैनथे र यसलाई अलग गर्नुपर्ने मागमा अडिग रहँदै आएका थिए । उनले १९९० को दशकमा हिंसात्मक आन्दोलनमा रहेको धडोसँग मिलेर अल पार्टी हुर्रियत कन्फरेन्स गठन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्