कामठाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
बिहीबार बिहान प्रधानमन्त्री देउवा र प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
स्रोतका अनुसार बैठकमा मन्त्रिपरिषद् विस्तार र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । कुन दलले कति मन्त्रालय पाउने भन्नेबारे यसअघि नै निर्णय भैसकेको छ । तर कुन–कुन मन्त्रालय कसको भागमा पर्ने भन्नेबारे औपचारिक निर्णय भने गर्न बाँकी छ ।
देउवा नेतृत्वको सरकार गठन भएको डेढ महिना बितिसक्दा पनि सरकारले पूर्णता नपाउँदा सर्वत्र आलोचना भइरहेको छ ।