Logo
Logo

मोबाइलमा रहेका शङ्कास्पद एप हटाउन टेलिकमको आग्रह


1.8k
Shares

काठमाडौं । नेपाल टेलिकमले एनड्रोइड मोबाइलमा रहेका शङ्कास्पद एप हटाउन ग्राहकलाई अनुरोध गरेको छ ।

मोबाइलमा अनावश्यक एवम् शङ्कास्पद एपहरु इन्स्टल नगर्न तथा त्यस्ता एपहरु हटाउन ग्राहकहरुलाई आग्रह गरेको हो ।

टेलिकमको नम्बरमा विदेशबाट मिस्ड कल आउने र सो नम्बरमा कल गर्दा कल सफल भएपनि कोही नबोल्ने, मेसिनले स्वचालित जवाफ दिने र कल गर्ने ग्राहकको ब्यालेन्सबाट पैसा काटिने समस्या देखिएको भन्दै एप हटाउन आग्रह गरेको जनाएको छ ।

केहीदिन यता कम्पनीको ग्राहकहरुको मोबाइलबाट अटो डायल हुने, अटो डायल भएका ग्राहकको मोबाइलमा कल लग नदेखिने र बाह्य कल सफल भएको अवस्थामा पैसा काटिने गरेको टेलिकमले जनाएको छ।

कम्पनीले आफुले उपलब्ध गराउने लकिङ कोड प्रयोग गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्