काठमाडौं । सरकारले नेपाल प्रहरीका पाँच एआइजीको सरुवा गरेको छ । यसअघि केपी ओली सरकारले गरेको सरुवा कार्यान्वायन नगरी सरुवा संशोधन गरिएको छ ।
जसअनुसार महानगरीय प्रहरी कार्यालयबाट हटाइएका एआइजी हरिबहादुर पाललाई त्यही राखिएको छ । प्रशासन तथा मानव स्रोत विकास विभागमा एआइजी विश्वराज पोखरेललाई पठाइएको छ । ओली सरकारले उनलाई प्रहरी एकेडेमीमा सरुवा गरेको थियो । एकेडेमीमा निरज शाहीको सरुवा भएको छ ।
प्रद्युम्न कार्कीको अपराध अनुसन्धान विभाग तथा सहकुल थापाको कार्य विभागमा सरुवा भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सरुवाको निर्णय गरेको हो ।