Logo
Logo

कांग्रेसले सुनसरीमा वडा तहको अधिवेशन भदौ २१मा गर्ने


756
Shares

सुनसरी । नेपाली कांग्रेसले सुनसरीमा वडा तहको अधिवेशन भदौ २१ मा गर्ने निर्णय गरेको छ । पार्टीले वडा तहको अधिवेशन भदौ १८ मा गर्न निर्देशन दिए पनिसुनसरीमा भने २१ गरिने सुनसरी सभापति राजिव कोइरालाले जानकारी दिए । 

‘जिल्लामा क्रियाशील सदस्यको नाम सार्वजनिक भइसकेकोले अधिवेशन भदौ २१ मा गर्ने निर्णय गरेका हौं,’ कोइरालाले भने । जिल्लाका १ सय २४ वडाको अधिवेशन भदौ २१ गते सम्पन्न गर्नेगरि तयारी थालिएको कांग्रेसले जनाएको छ ।

सबै वडामा सहमतिकै आधारमा अधिवेशन गर्ने तयारी भएको उनले बताए । ‘सहमति नभए मात्रै निर्वाचन गरिने छ । सकभर सवै वडामा सहमतिकै प्रयास गर्ने छौं’, कोइरालाले भने ।

वडा अधिवेशनको मिति फरक परे पनि गाउँपालिका, नगर, उपमहानगरमा भने केन्द्रले तोके बमोजिम नै अधिबेशन हुने कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्