काठमाडाैं । सेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। नेप्से र ५० दशमलव २८ अंकले ओरालो लागेर २ हजार ९ सय २६ दशमलव ७४ को विन्दुमा झरेको हाे ।
सूचक सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ९ अंकले घटेर ५ सय ४१ दशमलव ७८ को विन्दुमा ओर्लेको छ भने कारोबार साढे ९ अर्ब बढीको भएको छ।
नेप्से उपसमूहमा रहेका १३ वटा समूहमा रातो पोतिएको छ। वित्त समूह सर्वाधिक ३ दशमलव ६८ प्रतिशतले ओरालो लागेको छ।
जलविद्युत समूह ३ दशमलव ३९ प्रतिशतले घटेको बैंकिङ समूहमा ० दशमलव ८३ प्रतिशत, विकास बैंक समूहमा ३ दशमलव २९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ० दशमलव ३१ प्रतिशतकाे गिरवाट आएको छ।