Logo
Logo

प्रदेशशसभामा एकीकृत समाजवादीको बहुमत


35.6k
Shares

महोत्तरी । प्रदेशसभा नं २ मा नेकपा (एमाले) विभाजित हुँदा नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा बहुमत देखिएको छ ।

संसदीय दलका २१ मध्ये बिहीबार प्रदेश नं २को निर्वाचन आयोगको कार्यालयमा उक्त दल रोजेर सनाखत गर्ने ११ जना पुगेका हुन् दश जना उपस्थित भएर र हाल दिल्लीमा उपचाररत डिल्लीप्रसाद उप्रेतीले हिजै साँझ निर्वाचन आयोगको स्वीकृतिमा त्यहाँस्थित नेपाली दूतावासमार्फत समाजवादी दल रोज्नुभएको पत्र आएपछि यो सङ्ख्या ११ पुगेको हो ।

सनाखत गर्नेहरूमा संसदीय दलका नेता रहेका शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, नागेन्द्र यादव, खुशीमा खातुन, प्रमोद यादव, रवीन्द्र बैठा, बेची लुङ्गेली, अशोक यादव, मदन जैन श्रीवास्तव र मञ्जु यादव छन् ।

सत्यनारायण मण्डल, त्रिलोकीप्रसाद, अनिता यादव, मनोजकुमार सिंह, शारदादेवी थापा, किशोरी साह कमल, लगनलाल चौधरी र जगतारैणदेवी सुँडीले मूल पार्टीमै रहने स्पष्ट पार्नाका साथै पछल्लोपटक सुन्दर विश्वकर्मा र सीता गुरुङ हिजो एमालेको कार्यक्रममा सहभागी भएपछि १० जना पुगेकोे हो ।
यसअघि नेता महतोले विश्वकर्मा र गुरुङले तोकिएको म्याद (भदौ २२ भित्) एकीकृत समाजवादीमौ आएर सनाखत गर्ने गर्ने जिकिर गरेका छन् ।

महतोले समाजबादीको पक्षमा १३ जना पुग्ने जिकिर गरे विश्वकर्मा र गुरुङ एमालेको प्रदेशस्तरीय कार्यक्रममा बिहीबार सहभागी भएकाले महतोको जिकिर नपुग्ने एमाले नेता सत्यनारायण बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्