Logo
Logo

गृहमन्त्री र आइजिपी टकराव, लेखापालको सरुवा हुन सकेन


208.2k
Shares


काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबीचको टकरावका कारण प्रहरीका नियमित काम समेत रोकिएका छन् । असारमै हुनुपर्ने लेखापालको सरुवा भदौमध्य हुँदा पनि हुन सकेको छैन ।


गृहमन्त्री खाणले सिष्टम बिगारेर सरुवा गर्न दबाब दिएपछि निर्णय हुन नसकेको स्रोत बताउँछ । २–२ वर्षमा लेखापालको सरुवा हुनेमा एक वर्षमै गर्नुपर्ने तथा ६ वर्ष अवधि पुगेकालाई पनि लेखापालमै राख्नुपर्ने गृहको दबाब रहेको स्रोत बताउँछ । यसले प्रहरीको लेखा सिष्टममा बेथिती बढाउन भन्दै प्रहरी महानिरीक्षकले अस्वीकार गरेको गृह मन्त्रालय स्रोत बताउँछ ।


समयमा सरुवा नहुँदा प्रहरी कार्यालयहरु प्रभावित भएका छन् । कतिपय जिल्लामा तलबमै समस्या हुन थालेको छ । प्रहरीका केही भ्रष्ट लेखापालहरु संगठित भएर आर्थिक चलखेल गरी आफु अनुकुल निर्णय गराउन गृहमन्त्रीसम्म पहुँच पुर्याएपछि अहिले सरुवामा निर्णय हुन नसकेको हो । सिष्टम बिगारेर सरुवा गर्दा आफ्नो करिअरमै दाग लाग्ने भएपछि प्रहरी महानिरीक्षक क्षेत्रीले सरुवाको निर्णय गर्न नसकेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्