काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दार्चुलामा भारतीय हेलिकप्टर निरन्तर उडिरहेको विषयमा सरकारलाई थाहा छ कि छैन भनेर प्रश्न गरेका छन् । समाजिक सञ्जालमार्फत उनले अनुमति दिएको हो भने के प्रयोजनको लागि दिएको हो भन्दै सरकारलाई प्रश्न गरेका हुन् ।
उनीले ट्वीटरमा लेखेका छन्, ‘दार्चुला जिल्लामा नेपालको हवाईक्षेत्र उल्लङ्घन गरी भारतीय हेलिकप्टर निरन्तर उडेको नेपाल सरकारलाई थाहा छ कि छैन ? अनुमति दिएको हो भने के प्रयोजनको लागि दिएको हो ?’
उनले गठबन्धनका लागि सरकार भनेको मन्त्रीको भागबन्डा, पार्टी फुटाउने र सत्ता हत्याउने मात्र हो कि देश र जनताको सुरक्षा गर्नु हो ? भनेर पनि प्रश्न गरेका छन् ।
केहीदिन यता दार्चुलाको नेपाली भू–भाग क्षेत्रमा निरन्तर भारतीय हेलिकप्टर उडिरहेको छ। यस विषयमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले गृहमन्त्रालयलाई जानकारी गराइसकेको छ। तर, अहिलेसम्म यस विषयमा आधिकारीक धारणा सरकारले सार्वजनिक गरिसकेको छैन।
दार्चुला जिल्लामा नेपालको हवाईक्षेत्र उल्लङ्घन गरी भारतीय हेलिकप्टर निरन्तर उडेको नेपाल सरकारलाई थाहा छ कि छैन? अनुमति दिएको हो भने के प्रयोजनको लागि दिएको हो? गठबन्धनका लागि सरकार भनेको मन्त्रीको भागबन्डा,पार्टी फुटाउने र सत्ता हत्याउने मात्र हो कि देश र जनताको सुरक्षा गर्नु हो?
— Dr. Bhim Rawal (@BhimRawal179) September 3, 2021