काठमाडाैं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिता हेर्न दशरथ रंगशाला पुगेका छन् ।
नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल अहिले जारी छ ।
यसअघि सर्वाधिक धेरै ७२ खेल खेल्ने पूर्वकप्तान बिराज महर्जनको कीर्तिमानलाई किरणले पहिलो मैत्रिपूर्ण खेलमा बराबरी गरेका छन् भने याे खेलमा उनले कीर्तिमान कायम गरेका छन् । गत बिहीबारको खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो ।