काठमाडाैं । नेपाल भारत मैत्रीपूर्ण फुटबल प्रतियाेगितामा नेपालले एक गाेल फर्काएकाे छ । खेलकाे ८६ मिनेटमा नेपाली खेलाडी तेज तामाङले गाेल गर्दै खेलमा गाेलकाे दूरी घटाएका हुन् ।
यसअघि भारतले दुई शून्यको अग्रता बनाएको थियाे । भारतीय कप्तान सुनिल क्षेत्रीले गाेल गरेसँगै भारतले दुई शून्यको अग्रता बनाएकाे थियाे।
पहिलाे हाफ गाेलरहित बराबरी खेलेपनि दाेस्राे हाफकाे ६२ औं मिनेटमा भारतीय खेलाडी फारुख चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
खेल अझै जारी छ ।