Logo
Logo

बरालिँदै प्रधानमन्त्री


567
Shares

काठमाडौँ । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको वडा अधिवेशनको ‘मुहूर्त’ पारेर शुक्रबार बिहानै देश–विदेशमा रहेका सदस्य र शुभचिन्तकलाई भिडियो सन्देशमार्फत सम्बोधन गरे ।

तर, प्रधानमन्त्री भएको ५७ दिनसम्म उनले कोरोना महामारीलगायतका समस्याबाट गुज्रिरहेका नागरिकलाई भरोसा दिलाउने सम्बोधन गर्ने साइत निकाल्न सकेका छैनन् ।

२९ असारमा प्रधानमन्त्री भएका देउवाले भदौ चौथो सातासम्म पनि पाँच मन्त्रीका भरमा देश चलाइरहेका छन् । तर, यसमा उनले खासै दबाब महसुस गरेका छैनन् । मंसिर ९ देखि १३ सम्म राजधानीमा हुने महाधिवेशनको प्रक्रिया भदौ १८ मै सुरु गरेर पार्टी सभापतिका रूपमा देउवाले अनौठो नजिर पनि बनाएका छन् ।

फेरि पनि सभापति बन्ने घोषणा गरिसकेका उनको ध्यान अबको तीन महिना सिंहदरबारको शासन–प्रशासनमा भन्दा सानेपाबाट सञ्चालन हुने पार्टी गतिविधि र नेतृत्व चयनमा छ ।

नेपालका हरेक राजनीतिक गतिविधिमा चासो राख्ने दक्षिणी छिमेकी कांग्रेस महाधिवेशनमा पनि सक्रिय छ भन्ने चर्चा पार्टीभित्रै छ । तर, उसको सक्रियता आफ्नो पक्षमा हो भन्नेमा देउवा विश्वस्त छैनन् ।

त्यसका लागि राष्ट्रियतामा समेत मूल्य चुकाउन उनी तयार देखिन्छन् । आफ्ना नागरिक महाकालीमा खसाइएको पाँच सातासम्म भारतसँग सोधपुछको औपचारिकता पूरा गर्नसमेत उनी हच्किएका छन् ।

त्यस्तै बिनाअनुमति नेपाली बस्ती र ब्यारेकमाथि निरन्तर हेलिकोप्टर उडाएको भनेर दार्चुला प्रशासन, सैनिक मुख्यालय र गृह मन्त्रालयले आपत्ति जनाउँदा परराष्ट्रमन्त्रीसमेत रहेका देउवाको मौनव्रत तोडिएको छैन ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्