Logo
Logo

संसद् अधिवेशनसामु चुनौतीका चाङ


315
Shares

काठमाडौं । सरकारले संसद्को अधिवेशन भदौ २३ गते बोलाएको अवस्थामा त्यसका अजेन्डा केके हुन्छन् भन्ने विषयमा यति बेला विभिन्न खालका तर्क सुनिएका छन् । सरकारले संसद्का अजेन्डाबारे केही बताएको छैन ।

संसदले गर्नुपर्ने नियमित काम एकातिर छन् भने विवादित कुराहरू पनि आइरहेका छन् । अर्कोतिर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सदन अवरुद्ध गर्ने सोचमा केन्द्रित छ ।

एमालेका एक नेताले भने, ‘प्रतिनिधिसभा चल्न दिँदैनौं, राष्ट्रियसभा भने चल्छ।’ उनको भनाइअनुसार एमालेबाट १४ जना सांसदलाई कारबाही गरेको जानकारी सभामुखलाई गराउँदा पनि किन सूचना जारी नगरेको भन्ने प्रश्न उठेको छ ।

सभामुखले पार्टीको राजनीति गर्न मिल्दैन भन्दै सदन अवरुद्ध गर्ने तयारी गरेको एमाले स्रोत बताउँछ । एमालेले यस विषयलाई कडाइका साथ उठाएमा सभामुख अग्निप्रसाद सापकोटाले राजीनामा नदिएसम्म संसद् बैठक अन्य विषयमा प्रवेश हुने सम्भावना देखिँदैन ।

अर्कोतर्फ निवर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेट अध्यादेशको म्याद भदौ मसान्तसम्म छ । सदन अवरुद्ध भइराखेमा यो विषय पनि प्रभावित हुनसक्ने देखिन्छ । अध्यादेशबाट गत जेठ १५ गते बजेट ल्याइएको हो ।

साउन ३ गतेबाट संसद् अधिवेशन सुरु भएकाले त्यसको ६० दिनभित्र प्रतिस्थापन विधेयक पारित गरेमा मात्र यसलाई निरन्तरता दिन सकिने व्यवस्था छ । प्रतिस्थापन विधेयक नल्याउने भएमा यही भदौ मसान्तभित्र नयाँ अध्यादेश ल्याउनुपर्ने हुन्छ । यसका लागि फेरि संसद् अधिवेशन अन्त्य हुनुपर्छ ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्