Logo
Logo

‘मुलुकको विकासका लागि कृषि क्षेत्रमा लगानी विस्तार गर्नुपर्छ’


252
Shares

काठमाडौं । मुलुकको आर्थिक विकासका लागि कृषि क्षेत्रमा लगानी विस्तार गर्नुपर्ने बताइएको छ । कृषिमा लागेका महिला उद्यमीको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल महिला चेम्बरले आइतबार यहाँ आयोजना गरेको ‘अनुभव आदानप्रदान तथा अन्तक्र्रिया कार्यक्रम’का वक्ताहरुले मुलुकलाई आत्मनिर्भर बनाउनका लागि कृषि क्षेत्रमा लगानी गर्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा कृषि क्षेत्रमा उत्पादन वृद्धि गरी देशलाई आत्मनिर्भर बनाउनुपर्ने बताए । “विचौलियाका कारण उद्यमीलाई मूल्य र बजारीकरणमा समस्या भएको छ,” उनले भने, कृषि पर्यटन र प्रविधिलाई जोडेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । अध्यक्ष मल्लले भन्सार छुटमा ढुवानी सामान खरिद गर्ने व्यवस्था सरकारले मिलाउनुपर्ने बताए ।

कार्यक्रममा महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिला उद्यमीलाई अगाडि बढाउनका लागि महिला चेम्बरले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । आगामी दिनमा महिला चेम्बरले महिला उद्यमीलाई एकीकृत गर्दै अगाडि बढ्ने उनको भनाइ थियो ।

कृषिविज्ञ डा दीपक शर्माले नेपालमा उत्पादित वस्तुको विदेशमा ठूलो सम्भावना रहेको भन्दै गुणस्तरीय सामग्री उत्पादनमा जोड दिनुपर्नेमा जोड दिए । नेपाल महिला चेम्बरकी महासचिव लिमा अधिकारीले महिला चेम्बरले महिला उद्यमीलाई एकीकृत गरी सामूहिक लगानीमा व्यवसाय सञ्चालन गर्न चेम्बर नेतृत्वको सुझावलाई ग्रहण गर्दै अघि बढ्ने बताए ।

कार्यक्रममा बेसार खेती, मौरीपालन, मह उत्पादन, कफी र चियाको व्यावसायिक खेती गरेर नेपालको उत्पादनमुखी अर्थतन्त्रमा जोडिएका महिला उद्यमीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्